2005-07-27 - press release - CPN-M२०६२-०४-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-19356 अभिलेखालय सि. नं.: NCA-19356

नेपाल कम्युनिष्ट पार्ती (माओवादी)
केन्द्रीय कार्यालय

प्रेस विज्ञप्ति

निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत सात राजनैतिक दलहरुको बैठकद्धारा जारी गरिएको ९ श्रावणको प्रेस विज्ञप्तिलाई हाम्रो पार्टर्ीी व्यापक राजनैतिक मोर्चा निर्माणको दिशामा एक कदम अगाडि बढेको सकारात्मक विज्ञप्तिका रुपमा लिएको छ। यस सर्न्दर्भमा हामी निम्न कुराहरु पुनः स्पष्ट गर्न चाहान्छौं।

१. सामन्ती निरंकुशताका विरुद्ध आन्दोलनरत राजनैतिक दलका स्थानीय कार्यकर्ताहरुसंग समेत सहकार्य गरी आन्दोलनलाई व्यापक स्वरुप प्रदान गर्न आवश्यक पहलका लागि हाम्रो पार्टर्ीीेन्द्रले सबै तहका निकायलाई निर्देशन जारी गरि सकेको छ। यो स्थितिमा हाम्रोतर्फाट अन्य दलका राजनैतिक कार्यकर्तामाथि कुनै पनि प्रकारको दवाव नदिन गरिएकोपहल स्पष्ट छ। यो प्रक्रियालाई प्रभावकारीरुपलेअगाडि बढाउन सात राजनैतिक दलहरुका तर्फाट पनि आफ्ना स्थानीय निकायहरुलाई सहकार्यका लागि निर्देशन दिनु आवश्यक छ भन्ने हाम्रो आग्रह रहेको छ। निहत्था कुनै पनि व्यक्तिमाथि भौतिक आक्रमण रोक्ने तथा चन्दा संकलनलाई स्वैच्छिक आधारमा मात्र अगाडि बढाउने प्रक्रिया पनि स्पष्ट गरिएको छ।

२. निरंकुश राजतन्त्रको अन्त्य, संविधानसभाको निर्वाचन, वहुदलीय प्रतिश्पर्धा सहितको लोकतान्त्रिक गणतन्त्र, मानव अधिकारको सम्मान, जन-निर्वाचित प्रतिनिधि संस्थाको मातहतमा देशको सैन्य शक्ति आदि जस्ता आधारभूत विषयहरुमा हाम्रो पार्टर्ीी आफ्ना धारणा र प्रतिबद्धताहरु र्सार्वजनिक गर्दै आएको सर्न्दर्भमा अनावश्यक शंका उठाएर सामन्ती तत्वहरुलाई खेल्ने ठांउ नदिन पनि हामीसबै जनपक्षीय शक्तिहरुसंग हार्दिक आग्रह गर्दछौं। आज देशको प्रमुख समस्या सामन्ती निरंकुशतन्त्र रहेको र त्यसबाट मुक्ति अनिवार्य भएको कुरामा एकमत भइसके पछि अन्य प्राविधिक र व्यवहारिक समस्याहरुको समाधान, सहकार्य र संयुक्त आन्दोलनका क्रममा नै प्रभावकारीरुपले हुंदै जाने कुरामा हामी सबै विश्वस्त रहनै पर्दछ। तष्करी, लूट र भ्रष्टाचारमा लिप्त सामन्ती तत्वहरुले शाही सैनिक आतंकको बलमा राजनैतिक नेताहरुमाथि प्रतिशोध लिने दुश्शाहस गरिरहेको आजको सर्न्दर्भमा सहकार्य र व्यापक राजनैतिक मोर्चा निर्माणमा ढिलाई घातकमात्र हुने कुरा प्रति हामी सात राजनैतिक दल र सबै जनपक्षिय शक्तिहरुको ध्यान पूनः आकषिर्त गर्न चाहान्छौं। लोकतन्त्रको पर्ूण्ाताकालागि रुपान्तरण अनिवार्य भएको यथार्थमा हामी स्पष्ट छौं।

३. जनताको र्सार्वभौम अधिकारको बहाली तथा र्सार्वभौम जनताको स्वतन्त्र मतका आधारमा नयां राजनैतिक मूलधारको विकास इतिहासको आवश्यकता हो। त्यो आवश्यकता पुरा गर्न हामी आफ्नो तर्फाट जस्तो सुकै निर्ण्र्ाालिन पनि तयार छौं। सात राजनैतिक दलबाट समेत हामी नयां राजनैतिक मोर्चा र नयां आन्दोलनको निर्माणकालागि यथाश्रि्र साहशिक निर्ण्र्ाार पहलको अपेक्षा गर्दछौं। नेपालमा छिटै सामन्तीतन्त्रको अन्त्य र वास्तविक लोकतन्त्रको विजय हुने कुरामा हामी विश्वस्त छौं।

मिति १२ श्रावण २०६२

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)
के.स.