2005-07-26 - press release - NA२०६२-०४-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19351 अभिलेखालय सि. नं.: NCA-19351

सुरक्षाफौजको आग्रह

धादिङ्ग तथा मकवानपुर जिल्लाका केही स्थानहरुमा आतंककारीहरुको ज्यादती सहन नसकी आतंककारीहरु विरुद्धको प्रतिकारमा उत्रिएका र्सवसाधारण नागरिकहरुबाट केही आतंककारीहरुको मृत्यु भएको घटनाको सम्वन्धमा यस निर्देशनालयको ध्यानाकर्षा भएको छ ।

आतंककारीहरु नेपाली जनताको, नेपाल राष्ट्रको तथा नेपाल अधिराज्यको कानूनको अपराधी भएको कुरामा कुनै दुविधा छैन । त्यस्ता अपराधीहरुलाई मारेर आफूलाई कानूनको दृष्टिमा अभियुक्त बनाउनु भन्दा त्यस्ता अपराधीहरुलाई पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि सुरक्षाफौजको जिम्मा लगाउन उपयुक्त हुने हुँदा सम्पूण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई आतंककारीहरु फेला परेमा त्यस्ता अपराधीहरुलाई पक्राउ गरी नजिकको सुरक्षाफौजको बेश वा गस्ति टोलीलाई बुझाउनु हुन सुरक्षाफौज हार्दिक आग्रह गर्दछ ।

RNA HQ
26 July 2005