2005-07-24 - press release - NA२०६२-०४-०९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19336 अभिलेखालय सि. नं.: NCA-19336

बरामद

मिति २०६२ श्रावण ८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा दोलखा जिल्लाको सुनखानी इलाकामा आतंककारीहरुले लुकाएर राखेको बिभिन्न किसिमका बिष्फोटक पदार्थ १० के.जी., बिद्युतीय धराप सञ्चालनमा प्रयोग गरिने विविध उपकरणहरु, सिरिञ्ज गोटा-६०, बम बनाउन प्रयोग हुने फलामका टुक्रा ५ के.जी., कर्डलेस फोन सेट-१ तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

यसै गरी यही श्रावण ८ गते धनुषा जिल्लाको जयनगरबाट जनकपुरतर्फजाँदै गरेको रेलमा बेवारिसे अवस्थामा रहेको टेवुल तथा सिलिङ्ग पंखा-१०, स्पीकर-५, क्यासेट प्लेयर-२, रेडियो-२१, चार्जर लाइट-२, बिभिन्न किसिमका लत्ता कपडाहरुका साथै श्रृंगारका सामानहरु सुरक्षाफौजले बरामद गरी जनकपुरस्थित भन्सार कार्यालयमा बुझाएको छ । साथै सोही दिन बारा जिल्लाको निजगढ बजार्रर् इलाकामा महमद मुलाव नाम गरेका एक व्यक्तिले अबैद्य रुपमा ओसार पसार गरिरहेको साँढे २३ किलो ग्राम गाँजा सहित निजलाई इलाका प्रहरी कार्यालय निजगढमा बुझाएको छ ।

RNA HQ
24 July 2005