2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19328 अभिलेखालय सि. नं.: NCA-19328

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ७ गते झापा जिल्लाको दमक नगरपालीकास्थित सूर्योदय बोर्डिङ्ग स्कूलमा प्रेसरकुकर बम विष्फोट गराउँदा प्रशासन कोठा, लाइब्रेरी कोठामा क्षति पुग्नुका साथै उक्त स्कुलका झयाल ढोकाहरु ध्वस्त भएको छ ।

ज्यादती गर्ने क्रममा यही ६ गते आतंककारीहरुले तनहुँ जिल्लाको सिस्नेरी इलाकामा राजु शर्मा नाम गरेका एक र्सवसाधारणको हत्या गरेका छन् । यसैगरी बाँके जिल्लाको कण्ठपुर इलाका निवासी एक र्सवसाधारण व्यक्तिको छोरा, छोरी र श्रीमतीलाई आतंककारीहरुले खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् भने यही श्रावण ४ गते म्याग्दी जिल्लाको दानार् इलाकाबाट २ जना र्सवसाधारण व्यक्तिहरुलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
23 July 2005