2005-07-23 - press release - NA२०६२-०४-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19327 अभिलेखालय सि. नं.: NCA-19327

सुरक्षाफौजको पछिल्लो कारवाहीमा आतंककारीका कथित ACM को मृत्यु

मिति २०६२ श्रावण ७ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा गस्तिमा रहेको सुरक्षाफौज र सशस्त्र आतंककारी बीच मुडभेड हुँदा सुरक्षाफौजको प्रतिकारमा धनुषा जिल्लाको चारनाथ खोला इलाकामा आतंककारी समूहका कथित एरिया कमिटी मेम्बर रामअदागर कापड नाम गरेका १ आतंककारीको घटनास्थलमै मृत्यु भएको छ । मृतकको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१ तथा थ्रि नट थ्रि राइफलको गोलीहरुका साथै आतंककारी दस्तावेजहरु समेत बरामद गरेको छ ।

RNA HQ
23 July 2005