2005-07-21 - press release - NA२०६२-०४-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19315 अभिलेखालय सि. नं.: NCA-19315

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ५ गते बांके जिल्लाको खजुरार् इलाकामा गाडीबाट ओर्लिएर हिड्दै गरेका १ जना व्यक्तिलाई लखेटेर खेतमा पुर्‍याई ७ गोली प्रहार गरी सख्त र्घाईते बनाएका छन । हाल घाइतेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भैरहेको छ ।

RNA HQ
21 July 2005