2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19309 अभिलेखालय सि. नं.: NCA-19309

आतंककारीहरुले गरेका ज्यादती

निर्दोष एवं निहत्था र्सवसाधारण व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले यही श्रावण ४ गते कन्चनपुर जिल्लाको त्रिभूवनवस्ती निवासी बिन्दुकुमार श्रेष्ठको घरका परिवारहरुलाई बाहिर निकाली उक्त घरमा बम बिष्फोटन गर्राई क्षति पुर्‍याउनुको साथै नगद १ लाख ५२ हजार, सुन-१४ तोला ताथ मोटरर्साईकल-१ समेत लुटी लगेका छन । यसै गरी यही आषाढ ३ गते नवलपरासी जिल्लाको कुमावर्तीर् इलाकाबाट पश्चिमाञ्चल ग्रामीण बिकास परियोजना अन्तरगत रहेको कोलुवा शाखा कार्यालय चौराहाका ऋण अशुली गर्ने कर्मचारी जिवनप्रसाद मण्डललाई नियन्त्रणमा लिई विभिन्न डर, त्रास एवं धम्की देखाई कुटपिट गरी नगद १२ हजार १ सय ६५ रुपैँया समेत लुटेर लगेका छन ।

र्सवसाधारण माथि विभिन्न ज्यादती गर्ने क्रममा आतंककारीको एक समुहले संखुवासभा जिल्लाको पावाखोलार् इलाका निवासी सुजाता र्राई, रिता र्राई, दिलकुमारी र्राई र छिरिङ्ग भोटेलाई गत आषाढ २२ गते अपहरण गरी अज्ञातस्थल तर्फलगेका छन ।

RNA HQ
20 July 2005