2005-07-20 - press release - NA२०६२-०४-०५ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19307 अभिलेखालय सि. नं.: NCA-19307

कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

काठमाण्डौको शिवपुरीस्थित शाही नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सि.सं. १२ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह आज मिति २०६२ श्रावण ५ गते सुसम्पन्न भएको छ ।

सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा शाही नेपाली सेना तथा अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, प्राध्यापक लगायतका विद्वत वर्ग, श्री ५ को सरकारका विभिन्न अधिकृतहरु, सञ्चारकर्मी र शिक्षार्थी अधिकृतहरुका परिवारजनहरुको उपस्थिती रहेको थियो ।

करिब नौ महिनासम्मको कठोर परिश्रम तथा लगनशीलताका साथ कमाण्ड तथा स्टाफ तालिम सफलतापुवक सम्पन्न गर्नु हुने शाही नेपाली सेनाका ४९, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी जम्मा ५२ जना शिक्षार्थी अधिकृतहरुलाई प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले हार्दिक बधाई दिनु हुँदै प्रमाण-पत्र समेत प्रदान गर्नु भयो ।

कमाण्ड तथा स्टाफ कलेजका कमाण्डान्ट सहायक रथी श्री शरद कुमार नेउपानेले पनि उक्त समारोहमा सम्बोधन गर्नु भएको थियो ।

साथै सोही अवसरमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले अर्थ मन्त्रालय तथा सडक डिभिजनद्वारा कालोपत्रे गरिएको बुढानिलकण्ठ पुल देखि -स्टाफ कलेजसम्मको ४ कि.मि. "स्टाफ कलेज मार्ग" नामाकरण गरिएको सडकको समेत उद्घाटन गर्नु भएको थियो ।

प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले दिनु भएको बक्तव्यका मुख्य अंशहरु

"र्सवप्रथम, राष्ट्र तथा राष््रियताको रक्षार्थ, कर्तव्यपालनाको क्रममा, अदम्य शाहस तथा अनुकरणीय बहादुरी प्रदर्शन गर्दै वीरगति प्राप्त गर्ने वीर योद्धाहरूको दिवंगत आत्माको चीर शान्तिको लागि मेरो व्यक्तिगत तथा शाही नेपाली सेनाका सकल दर्जाको तर्फबाट भावपूण श्रद्धाञ्जली अर्पण गर्दछु ।"

"करिव नौ महिनाको मिहेनत, लगनशिलता र निरन्तर उत्साहका साथ तालिम सम्पन्न गर्नु हुने शिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिन चाहन्छु । तालिमको क्रममा हासिल गर्नु भएको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले तपाईहरुलाई भविष्यमा एक सक्षम तथा परिपक्व सैनिक अधिकृतको रुपमा स्थापित गर्न ठूलो मद्दत पुग्ने छ । आगामी दिनमा पनि तपाईहरुले बृहत अध्ययन र व्यवहारिक अभ्यासको माध्यमबाट ज्ञान आर्जनको प्रक्रियालाई निरन्तरता प्रदान गर्नु हुने छ भन्ने विश्वास लिएको छु ।"

"आतंकवाद विश्वको साझा समस्या हो । आतंककारीहरु बीच बढ्दै गएको अन्तर सम्बन्ध तथा आतंकको Trans-national स्वरुपको कारण उत्पन्न खतराहरुबाट दक्षिण एसिया पनि मुक्त रहेको छैन आज आतंक विरुद्ध विश्व जनमतमा भइरहेको बृद्धि तथा आतंकलाई मानवताकै ठूलो शत्रुको रुपमा हेरिरहेको विश्व समुदायले नेपालको माओवादी आतंकलाई पनि परास्त गरिनु पर्दछ भन्ने दृढ विश्वास लिएको छ ।"

"शाही नेपाली सेना देशमा स्थायी शान्ति स्थापना गर्न कटिबद्ध छ । तपाईहरुले शाही नेपाली सेनामा उपलव्ध विद्यमान श्रोत साधनको उचित र प्रभावकारी परिचालन गरी फौजलाई पेशागत ढंगबाट सक्षम बनाउने र उच्च मनोवल एवं हौसला कायम राख्दै फौजको लड्ने क्षमताको विकास गर्न सदैव प्रयत्नशील रहनु पर्नेछ ।"

"हाल देशमा सवै सुरक्षाका अंगहरु संयुक्तरुपमा परिचालित भए पछि उत्साहप्रद नतिजा हासिल भइरहेको छ । संयुक्त सुरक्षाफौज बीच रहेको आपसी समन्वय र सहयोगलाई विस्तार गर्दै लगेमा आतंककारी विरुद्धको कारवाही अझ सशक्त र प्रभावकारी हुने हुँदा यसमा सबै तहका कमाण्डरहरुको प्रयास हुनु आवश्यक छ । यसरी नै श्री ५ को सरकारका सबै निकायहरु बीचको समन्वयलाई विस्तार गर्ने तथा राष्ट्रिय शक्तिका तत्वहरु (Elements of National Power) लाई एकिकृत ढंगबाट परिचालन गर्न सकेमा मात्र देशमा दिगो शान्ति कायम गर्न सकिने छ । यस प्रकारको राष्ट्रिय अभियानमा आपसी समन्वय, समझदारी र सहकार्य महत्वर्ण हुने हुँदा यसलाई सहयोग पुर्‍याउने अभ्रि्रायले यस तालिममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसनधानबाट समेत अधिकृतहरुलाई सहभागी गराउने प्रयास भइरहेको छ । यसको अतिरिक्त भविष्यमा मित्रराष्ट्रहरुबाट पनि यस तालिममा शिक्षार्थी अधिकृतहरु सहभागी गराउने योजना रहेको छ ।"

"श्री ५ महाराजाधिराज सरकारबाट २०६१ माघ १९ गते बक्स भएको ऐतिहासिक शाही घोषाणामा सम्पर्ूण्ा नेपाली जनताको भावना र आकांक्षा मुखरित भएको र मुलुकमा दीगो शान्ति सुरक्षा, अमनचयन कायम गरी सुशासन र वास्तविक प्रजातन्त्रको युगमा नेपाललाई प्रवेश गराउने कदमबाट सम्पूण नेपाली जनतामा आशाको नौलो किरण पलाएको छ भने हामी सम्पूण सुरक्षाकर्मीहरुमा उच्च हौसला र उत्साहका साथ मन, बचन र कर्मले कर्तव्यपथमा प्रतिवद्ध रहन ठूलो अभ्रि्रेरणा मिलेको छ । सबै सुरक्षा अंगहरुमा देशमा विद्यमान आतंकलाई परास्त गर्दै शान्ति सुव्यवस्था कायम गर्न दृढ संकल्पित छन् र यस महान अभियानमा सञ्चार जगत, मानव अधिकारवादी संगठनहरु तथा सम्पूण नागरिक समाजबाट प्राप्त आस्था, विश्वास र सहयोग उल्लेखनीय रहेको छ ।"

"यस कलेजको स्थापनाकालदेखि शाही नेपाली सेना तथा त्रिभूवन विश्वविद्यालय बीच रहेको लामो तथा सुमधुर सम्बन्धमा एक नयाँ आयाम थपिएको छ । आगामी कमाण्ड तथा स्टाफ तालिममा सरिक हुने स्नातक उत्तिर्ण्र्ााच्छुक शिक्षार्थी अधिकृतहरुले स्टाफ कलेजको नियमित तालिमसँगै त्रिभूवन विश्वविद्यालयले तोकेको पाठ्यक्रम भित्र रहेर प्रत्यक्ष निर्देशन र अध्यापनमा Startegic Studies मा स्नातकोत्तरको उपाधी प्राप्त गर्न सक्ने छन् । यसबाट शाही नेपाली सेनाका अधिकृतहरुको शैक्षिक स्तरमा गुणात्मक अभिबृद्धी हुने तथा व्यक्तित्व विकासमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।"

"अन्त्यमा तपाईहरु सबैको उत्तरोत्तर प्रगती एवं सफलताको कामना गर्दै तालिमको उद्देश्य प्राप्तीमा सहयोग पुर्‍याउनु हुने विभिन्न मन्त्रालय, विभाग, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र आफ्नो अमूल्य समय दिई अध्यापन कार्यमा विशिष्ट योगदान दिनु हुने वरिष्ठ प्राध्यापकवर्ग, पत्रकार मित्रहरु एवं विद्वत वर्गहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।" धन्यवाद

RNA HQ
20 July 2005