2005-07-19 - press release - NA२०६२-०४-०४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19303 अभिलेखालय सि. नं.: NCA-19303

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज श्रावण ४ गते विहान अछाम जिल्लाको नौघाटे लेक इलाकामा सशस्त्र आतंककारी तथा गस्तिमा रहेको सुरक्षाफौज बीच दोहोरो भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट १ आतंककारीको मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले १ नाल थ्री नट् थ्री राइफल बरामद गरेको छ ।

यसै गरी आजै विहान सोलुखुम्बु जिल्लाको नेले इलाकामा सशस्त्र आतंककारी तथा गस्तिमा रहेको सुरक्षाफौज बीच दोहोरो भिडन्त हुँदा १ आतंककारीको मृत्यु भएको छ । घटनास्थलबाट सुरक्षाफौजले चाइनिज पेस्तोल नाल-१, सो को मेग्जीन एवं गोलीहरु, हृयाण्ड गृनेड, एसल्ट ब्रस्ट माइन-२, प्रेसर कुकर तथा सकेट बमहरु, डेटोनेटर-६, बिद्युतीय धराप सञ्चालन गर्न प्रयोग हुने उपकरणहरुका साथै मल्टि मिटर-१ समेत बरामद गरेको छ ।

साथै उक्त घटनाहरुको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

RNA HQ
19 July 2005