2005-07-15 - press release - NA२०६२-०३-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19278 अभिलेखालय सि. नं.: NCA-19278

आतंककारीहरुको आक्रमणको प्रयास बिफल

मिति २०६२ आषाढ ३१ गते भोजपुर जिल्लाको सदरमुकाम आक्रमण गर्ने दुश्प्रयासले चारैतिरबाट आएका आतंककारीहरुको एक जत्थालाई सुरक्षाफौजले सशक्त प्रतिकार गरी आक्रमणको दुश्प्रयासलाई बिफल तुल्याई दिएको छ । सशस्त्र आतंककारी तथा सुरक्षाफौज बीच भोजपुर जिल्लाको सोल्जरबोर्डर इलाकामा भिडन्त हुँदा सुरक्षाफौजका १ जवानले वीरगति प्राप्त गरेका छन् भने आतंककारीहरु तर्फ ठुलो संख्यामा हताहत भएको अनुमान गरिएको छ । उक्त भिडन्तको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ ।

कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर सैनिकको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकको यस घडीमा शोक सन्तप्त परिवारजनमा धैयधारण गर्ने शक्ति प्रदान गरुन् भनी सुरक्षाफौज श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

RNA HQ
15 July 2005