2005-07-14 - press release - NA२०६२-०३-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19272 अभिलेखालय सि. नं.: NCA-19272

बरामद

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीहरुले विगतमा कञ्चनपुर जिल्लाको सुडा इलाका निवासी गोविन्दसिंह धामीको घरबाट लुटि लगेको बसलाई बरामद गरी यहि आषाढ २७ गते सम्बन्धितलाई बुर्झाईएको छ । साथै कैलाली जिल्लाको उर्मा इलाका निवासी खगेन्द्र प्रसाद ओझाको घरबाट आतंककारीहरुले लुटी लगेको एक ट्याक्टरलाई समेत सुरक्षाफौजले बरामद गरी यही आषाढ २९ गते सम्बन्धितलाई बुझाएको छ ।

मिति २०६२ आषाढ २८ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा अछाम जिल्लाको गौरीडाँट इलाकाबाट सकेट बमहरु, आतंककारी दस्तावेजहरु लगायत विविध वन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।

RNA HQ
14 July 2005