2005-07-14 - press release - NA२०६२-०३-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19271 अभिलेखालय सि. नं.: NCA-19271

आतंककारीहरुले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था र्सवसाधारणहरुमाथि ज्यादती गर्ने क्रममा आतंककारीकहरुले यही आषाढ २८ गते पाल्पा जिल्लाको कागतिडाँडा इलाका बस्ने र्सवसाधारण व्यक्तिको घर तथा गोठमा बम विष्फोट गर्राई घरमा रहेका लत्ताकपडा, भाँडावर्तनहरु समेत लुटेर लगेका छन् ।

साथै यहि आषाढ २७ गते आतंककारीहरुको एक समुहले नुवाकोट जिल्लाको ढाडफेदी र मदानपुर जोड्ने पुल निर्माणको लागि स्थानीय जि.बि.स.बाट निकासा भएको रकम रु. १० हजार लुटेर लगेका छन् । यसै गरी सोही जिल्लाको पट्टाबारी इलाका निवासी कृष्ण प्रसाद थपलिया र रामकुमार उप्रेती, आषाढ २६ गते सल्यान जिल्लाको शितलपाटी इलाका निवासी कृष्ण बहादुर बस्नेत तथा आषाढ २४ गते गुल्मी जिल्लाको भनभने इलाका निवासी टिकाराम पन्थीलाई समेत आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फलगेका छन् ।

RNA HQ
14 July 2005