2005-07-13 - press release - NA२०६२-०३-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19261 अभिलेखालय सि. नं.: NCA-19261

शाही नेपाली सैनिक एभिएशन तालिम केन्द्रको उद्घाटन

श्री ५ महाराजाधिराज सरकारको ५९ औँ शुभजन्मोत्सवको उपलक्ष्यमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा ज्यूले आज मिति २०६२ आषाढ २९ गते एयरपोर्टस्थित श्री नं. ११ बाहिनी हातामा नेपालमा नै पहिलो पटक पाइलट आधारभूत तालिम (pilot Basic Training) प्रदान गर्ने उद्देश्यले नवनिर्मित "शाही नेपाली सैनिक एभिएशन तालिम केन्द्र" को उद्घाटन गर्नु भयो ।

सो अवसरमा सम्माननीय प्रधान सेनापति ज्यूले लाइब्र्रेरी, प्राटिक्सरुम, क्लासरुम, ट्रेनिङ्ग अफिस, कन्प|mेन्स हल र टेक्निकल लाइब्रेरीको निरीक्षण गर्नुभएको थियो । उक्त अवसरमा रथीवृन्द तथा अन्य अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । सो तालिम केन्द्रले शुरुमा ६ जना पाइलट शिक्षार्थीहरुलाई पाइलट आधारभूत तालिम प्रदान गर्ने उद्देश्य राखेको छ ।

वि.सं.२०२२ सालमा टुइन पाइनियर जहाजबाट शाही नेपाली सेनाका लागि हवाई सेवा शुभारम्भ गराउने अभ्रि्रायबाट एभिएशन युनिटको स्थापना भएको थियो । शाही नेपाली सेनाको लागि स्थापना भएको सो एभिएशन युनिटले सैनिक बन्दोवस्ती उडान, सामग्री ढुवानी, अपरेशनल उडान, प्यारा तालिम, सैनिक तथा गैह्रसैनिक व्यक्तिहरुको रेस्क्युका साथसाथै विकास निर्माणको कार्य गर्दै आइरहेको छ ।

शाही नेपाली सैनिक एभिएशन तालिम केन्द्रको स्थापना पश्चात सञ्चालन हुने तालिमबाट शाही नेपाली सेना आवश्यक दक्ष पाइलट जनशक्ति उत्पादनमा आत्मनिर्भर हुनेछ । साथै शाही नेपाली सैनिक एभिएशन तालिम केन्द्रले भविष्यमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी गैर सैनिक व्यक्तिहरुलाई समेत शुल्क लिएर पाइलट आधारभूत तालिम प्रदान गर्ने उद्देश्य समेत राखेको छ ।

RNA HQ
13 July 2005