2005-07-13 - press release - NA२०६२-०३-२९ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19260 अभिलेखालय सि. नं.: NCA-19260

भेटघाट कार्यक्रम सम्पन्न

आज मिति २०६२ आषाढ २९ गते अपरान्ह शाही नेपाली जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले नेपाल भ्रमणमा रहनु भएका संयुक्त राष्ट्र संघीय महासचिवका बरिष्ठ सल्लाहकार Mr. Lakhder Brahimi सँग सौहाद्रपुण वातावरणमा शिष्टाचार भेट गर्नु भयो । सो भेटघाट कार्यक्रममा भ्रमणदलको तर्फाट राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगका नेपाल स्थित प्रतिनिधी Mr. Ian Martin, संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि Mr. Matthew Kahane तथा संयुक्त राष्ट्र संघीय राजनैतिक मामिला सम्वन्धी वरिष्ठ अधिकृत Mr. Tamrat Samuel र शाही नेपाली सेनाका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

भेटघाटका क्रममा सम्माननीय प्रधानसेनापति ज्यूले मानव अधिकार प्रवर्धन गर्ने कार्यमा शाही नेपाली सेना कटिवद्ध रहेको कुरा दोहोर्‍याउँदै मानव अधिकार पर््रवर्धनका लागि शाही नेपाली सेनाले गरेका प्रयासहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।

साथै अन्तरक्रियाकै क्रममा राष्ट्र संघीय महासचिवका वरिष्ठ सल्लाहकारले मानव अधिकार पर््रवर्धन गर्ने कार्यमा शाही नेपाली सेनाले गरेका प्रयासहरुको सह्राना गर्नु भएको थियो ।

RNA HQ
13 July 2005