2005-07-12 - press release - NA२०६२-०३-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19249 अभिलेखालय सि. नं.: NCA-19249

श्री ज्ञानेन्द्र सैनिक पुवाञ्चल आवासीय महाविद्यालयको उद्घाटन

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभ जन्मोत्सवको पुनित अवसरमा शाही नेपाली सेनाद्वारा पर्ूवाञ्चल विकास क्षेत्रको धरानस्थित फुश्रे क्याम्पमा स्थापना गरिएको श्री ज्ञानेन्द्र सैनिक पुवाञ्चल आवासीय महाविद्यालयको आज मिति २०६२ आषाढ २८ गते मन्त्रिपरिषद्का सम्माननीय उपाध्यक्ष श्री किर्तीनिधि बिष्टज्यूले एक समारोहका बीच उद्घाटन गर्नु भयो । हाललाई सो महाविद्यालयमा कक्षा ४ देखि अध्ययन संचालन गरी हरेक वर्षथप गरी १२ कक्षासम्म पुर्‍याउने लक्ष्य राखिएको छ । साथै शाही नेपाली सेनाका कुनै पनि दर्जाका बहालवाला तथा अवकाश प्राप्त परिवारहरुका साथै वीरगति प्राप्त गर्ने सैनिकका छोराछोरीहरु तथा गैह्र सैनिकका छोराछोरीहरुलाई समेत भर्ना गरिएको छ ।

उक्त समारोहमा उपाध्यक्ष श्री किर्तीनिधि बिष्टले शिक्षा विकासको मेरुदण्ड भएकोले यसलाई सम्पूण वालवालिकाको पहुँचसम्म पुर्‍याउनु राष्ट्रिय दायित्व ठहरीएको बिचार व्यक्त गर्नु हुँदै आजका वालवालिका नै भोली देशका वाहक र समुन्नतीका आधार स्तम्भ भएकोले गुणस्तरीय शिक्षा प्रदान गरी उनीहरुको र्सवतोमुखी विकासमा टेवा पुर्‍याउनु प्रत्येक शैक्षिक सस्थाहरुको कर्तव्य ठहरिने बताउनु भयो । साथै देश, नरेश र जनताको रक्षार्थ आफुलाई समर्पित गर्ने शाही नेपाली सेनाले मुलुकमा शान्ति पुनर्वहाली गर्न खेलेको भुमिकाको प्रशंसा गर्नु हुँदै उपाध्यक्ष श्री बिष्टले सो महाविद्यालयको स्थापना गरी उक्त क्षेत्रका सैनिक तथा गैर सैनिक नागरिकहरुको मन जित्न सफल भएकोमा शाही नेपाली सेनालाई धन्यवाद समेत ज्ञापन गर्नु भयो । अन्तमा उपाध्यक्ष श्री बिष्ट ज्यूले शाही नेपाली सेनाद्वारा निर्मित उक्त महाविद्यालयले मुलुकको शैक्षिक उन्नयनमा महत्वपुण योगदान पुर्‍याउने विश्वासका साथ उक्त संस्थाको उत्तरोत्तर प्रगतिको समेत हार्दिक शुभेच्छा प्रकट गर्नु भएको थियो ।

साथै सो समारोहमा उपस्थित सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले आफ्नो अमूल्य समय दिएर कार्यक्रममा पाल्नु भएका मन्त्रि परिषदका सम्माननीय उपाध्यक्ष लगायत अन्य विशिष्ट महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दै श्री ५ महाराजाधिराज सरकारको सदिच्छा बमोजिम शाही नेपाली सेनाले बहालवाला र अवकाश प्राप्त सैनिक परिवारको सर्वोपरि हितको लागि विविध कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु हुँदै शाही नेपाली सेनाको कल्याणकारी कोषद्वारा प्रदान गरिने विभिन्न सेवाहरुको बारेमा समेत जानकारी दिनु भएको थियो । साथै सो अवसरमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाले स्तरीय शिक्षा सबै बालवालिकाको मात्र नभई राष्ट्रकै भविष्यको लागि अपरिहार्य भएको बताउनु हुँदै यसलाई विकास र बिस्तार गर्दै लैजाने तर्फ तयार पारिएको गुरुयोजनाको पनि जानकारी दिनु भएको थियो ।

RNA HQ
12 July 2005