2005-07-11 - press release - NA२०६२-०३-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19238 अभिलेखालय सि. नं.: NCA-19238

संग्रहालयको उद्घाटन

शाही नेपाली सेनाद्वारा काठमाण्डौको छाउनीमा निर्माण गरिएको संग्रहालयको आज आषाढ २७ गते सम्माननीय मन्त्री परिषदका उपाध्यक्ष श्री किर्तीनिधी बिष्ट ज्यूले एक समारोहका बिच उद्घाटन गर्नु भयो ।

उक्त समारोहमा सम्माननीय उपाध्यक्ष ज्यूले श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको पावन अवसरमा मौसूफ सरकारको पाउमा सुस्वास्थ्य, दीघायु एवं सुशासनको लागि मंगलमय कामना गर्नु हुँदै आफ्नो मातृभूमिको लागि शाही नेपाली सेनाले गरेका महत्वपूण कार्यहरुको प्रशंसा गर्नु भयो ।

साथै सो अवसरमा सम्माननीय उपाध्यक्ष ज्यूले गौरवमय इतिहास बोकेको शाही नेपाली सेनाद्वारा निर्माण गरिएको ज्ञानेन्द्र सैनिक संग्रहालय आजै देखि आफ्नो गतिमा अघि बढ्ने कुरामा आफु विश्वस्त हुँदै गरिमामय संस्थाको ऐतिहासिक चीनोको रुपमा नव निर्मित उक्त संग्रहालय निर्माण गरेकोमा शाही नेपाली सेना परिवारलाई हार्दिक धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

उक्त समारोहमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा, रथीबृन्द लगायत अन्य बिशिष्ट व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

RNA HQ
11 July 2005