2005-07-10 - press release - NA२०६२-०३-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19230 अभिलेखालय सि. नं.: NCA-19230

कञ्चनपुरको महेन्द्रनगरमा शुभजन्मोत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न

श्री ५ महाराजाधिराज सरकारको ५९औं शुभजन्मोत्सवको पुनित उपलक्षमा कंचनपुर जिल्लास्थित महेन्द्रनगर नगरपालिकामा विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइएको छ ।

कञ्चनपुर जिल्ला विकास समितिको प्राङ्गणबाट शुरू भएको बाजागाजा सहितको विविध झाँकीले नगरका विभिन्न स्थानहरुको परिक्रमा गरी स्थानीय रंगशालामा पुगि आमसभामा परिणत भएको थियो । उक्त समारोहमा झण्डोत्तोलन, श्री ५ महाराजाधिराजा सरकारको बहुआयामिक व्यक्तित्वका सम्वन्धमा स्थानीय बुद्धिजीवीहरूद्वारा चर्चा, खेलकुद कार्यक्रम, पुस्तक विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा सम्पन्न भएको छ ।

RNA HQ
10 July 2005