2005-07-10 - press release - NA२०६२-०३-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19226 अभिलेखालय सि. नं.: NCA-19226

श्री ५ महाराजाधिराज सरकार रात्रीभोजमा सरिक

श्री ५ महाराजाधिराज सरकारको ५९ औँ शुभजन्मोत्सवको पुनित उपलक्ष्यमा शाही नेपाली जंगी अड्डा परिसरस्थित श्री त्रिभुवन आर्मी अफिर्सस क्लवमा हिजो २५ गते साँझ आयोजित रात्रीभोजमा श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ बडामहारानी सरकारबाट सवारी निगाह बक्स भयो ।

सो अवसरमा मौसूफ सरकारहरूबाट आमन्त्रित महानुभावहरूलाई सामुहिक दर्शनभेट निगाह बक्स भयो ।

सो रात्रीभोजमा राजपरिवारका सदस्य सरकारहरू पनि सम्मिलित होइबक्सन्थ्यो ।

प्रथम पटक शाही नेपाली सेनाले आयोजना गरेको रात्रीभोज कार्यक्रमा सम्पूण शाही नेपाली सेना परिवारको तर्फाट सम्माननीय प्रधानसेनापति महारथी श्री प्यार जंग थापाले मौसूफ सरकारका जुनाफमा सरकारको सुस्वास्थ्य दीघायू एवं सुकिर्तिको कामना गर्दै टोष्ट प्रस्ताव जाहेर गर्नु भएको थियो । सो अवसरमा उहाँले हाल देशमा विद्यमान आतंकको अन्त्य गर्दै दीगो शान्ति स्थापना गर्ने गहन जिम्मेवारीलाई पूरा गर्न शाही नेपाली सेनाको साथै सवै सुरक्षा अङ्गहरू दृढ संकल्पित छन् । यस महान राष्ट्रिय अभियानमा नेपाली जनताको चाहना र आकांक्षा तथा उनीहरूबाट प्राप्त विश्वास र सहयोगले आतंकविरूद्ध अझ सशक्त ढंगबाट उत्रन हामीलाई प्रोत्साहन मिलेको छ । राष्ट्रिय हितको जगर्ेना तथा नेपाली जनताको सुख, शान्ति र सुरक्षाका लागि आफ्नो जीवन उर्त्र्सग गर्न समेत पछि नपरेको शाही नेपाली सेना मानव अधिकारको सम्मान र संरक्षणमा पनि उत्तिकै सजग र प्रतिवद्ध रहेको कुरा समेत जाहेर गर्नुभएको थियो ।

मौसूफ सरकारहरू त्रिभुवन आर्मी अफिर्सस क्लव पुगिबक्सँदा सम्माननीय प्रधानसेनापति महारथी श्री प्यार जंग थापा तथा रथीवृन्दहरूले स्वागत अभिवादन चढाउनु भएको थियो ।

सो अवसरमा मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका महामहिम राजदुतहरू लगायत अन्य गन्यमान्य व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
10 July 2005