2005-07-08 - press release - NA२०६२-०३-२४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19211 अभिलेखालय सि. नं.: NCA-19211

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित विविध कार्यक्रम

श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको पुनीत उपलक्ष्यमा आज आषाढ २४ गते सम्माननीय मन्त्री परिषदका उपाध्यक्ष श्री किर्तीनिधी बिष्टले सिँहदरवारस्थित श्री राष्ट्रिय सुरक्षा परिषद्को हाताभित्र नवनिर्मित कार्यालय भवनको एक समारोहकाबीच समुद्घाटन गर्नु भयो ।

सो अवसरमा उपाध्यक्ष श्री किर्तीनिधी बिष्टले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन युनीफाइड कमाण्डको अवधारणा अनुसार सुरक्षाफौजले उल्लेखनीय उपलव्धि हासिल गरेको स्मरण गराउनु हुँदै राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले निभाउँदै आएको भुमिकाको बारेमा सह्राना गर्दै सो सचिवालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त समारोहमा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापा, सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, शाही नेपाली सेनाका रथीबृन्दहरु लगायत उक्त सचिवालयमा कार्यरत रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यसै गरी शाही नेपाली जंगी अड्डास्थित त्रिभूवन आर्मी अफिर्सर्सं क्लवदेखि पश्चिमतर्फ नवनिर्मित गेटको समेत आजै सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाबाट उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

साथै श्री ५ महाराजाधिराज सरकारको ५९ औं शुभजन्मोत्सवको उपलक्ष्यमा आज सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) द्वारा श्री वीरेन्द्र अस्पतालमा आयोजित कार्यक्रममा संघका अध्यक्ष श्रीमती कमला थापाले बिरामीहरुलाई फलफूल, हर्लिक्स तथा बिस्कुट वितरण गर्नु भएको छ । उक्त कार्यक्रममा सैनिक अधिकृत श्रीमती संघका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

RNA HQ
08 July 2005