2005-07-06 - press release - NA२०६२-०३-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19207 अभिलेखालय सि. नं.: NCA-19207

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आषाढ २१ गते श्री ५ महाराजाधिराज सरकारको ५९औं शुभ जन्मोत्सवको उपलक्ष्यमा ललितपुर जिल्लाको टिकाथली इलाकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आएका ६०० जना स्थानीय विरामीहरुको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । यसै गरी यही आषाढ १७ गते मोरङ्ग जिल्लाको लेटार्ङ्ग इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको घुम्ति सेवा शिविरमा आएका १,०६४ जना विरामीहरुलाई स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरिएको छ । साथै उक्त शिविरबाट ३३७ वटा चौपायालाई उपचार एवं औषधि वितरण, ११७ जनालाई कृषि सेवा लगायत अन्य विविध सेवाहरु समेत प्रदान गरिएको छ ।

RNA HQ
06 July 2005