2005-07-06 - press release - NA२०६२-०३-२२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19205 अभिलेखालय सि. नं.: NCA-19205

सुरक्षाफौजको पछिल्लो कारवाहीमा ५ (पाँच) आतंककारीको मृत्यु

सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आज मिति २०६२ आषाढ २२ गते धनुषा जिल्लाको लवलोटी इलाकामा सशस्त्र आतंककारी तथा सुरक्षाफौज बीच भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको कारवाहीबाट आतंककारी समुहका कथित मधेसी मुक्ति मोर्चा गा.ज.स.अध्यक्ष कारी तेली शाह, सदस्यहरु हरि यादव, लक्ष्मी यादव र कारी कापड नाम गरेका ४ जना आतंकारीहरुको मृत्यु भएको छ ।

यसै गरी मिति २०६२ आषाढ २१ गते दैलेख जिल्लाको चुप्रा बजार इलाकामा गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी फायर गर्ने आतंककारीहरु बिरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट १ जना आतंककारीको मृत्यु भएको छ ।

घटनास्थलबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सोको गोलीहरु, सकेट बमहरु, बिष्फोटक पदार्थ तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
06 July 2005