Archive ref no: NCA-19200
शंकाष्पद आतंककारी पक्राउ
आज आषाढ २० गतेको दिउँसो करिब ३:४५ बजेतिर काठमाण्डौको क्षेत्रपाटीस्थित ढल्कोर् इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा माधव सिंह साउद नाम गरेका शंकाष्पद आतंककारीलाई सुरक्षाफौजले नियन्त्रणमा लिन खोज्दा निज भmयालबाट हामफाली भागेको । सोही क्रममा सुरक्षाफौजले बाध्य भई चेतावनी दिन गोली फायर गरी निजलाई पक्राउ गरेको ।
गोली फायरबाट घटनास्थलर् इलाकामा कुनै पनि किसिमको धनजन तथा व्यक्तिगत/र्सार्वजनिक सम्पति हानी नोक्सानी नभएको ।
निज शंकाष्पद आतंककारीबाट सुरक्षाफौजले आतंककारीको चन्दा अशुल गर्ने प्याड, शाही नेपाली सेनाको दर्ज्यानी चिन्हहरु सैनिक व्यक्तिहरुको नाम भएको डायरी तथा अन्य दस्तावेजहरु बरामद गरेको छ ।
साथै उक्त घटनाको सम्बन्धमा थप जानकारी बिस्तृत छानविन पश्चात छानविन गरिने छ ।
RNA HQ
05 July 2005