Archive ref no: NCA-19194
सुरक्षाफौजको कारवाहीमा (१ एक) आतंककारीको मृत्यु
मिति २०६२ आषाढ १९ गते धनुषा जिल्लाको देउरीपर्वाहार् इलाकामा र्सवसाधारण व्यक्तिहरुबाट बलजफ्ती रकम असुल्दै गरेका आतंककारीले गस्तिमा रहेको सुरक्षाफौजमाथि फायर गरे पछि सुरक्षाफौजले सो को प्रतिकार गर्दा कथित गा.ज.स. प्रमुख ठकाई सदा मुसहर नाम गरेका १ आतंककारीको मृत्यु भएको छ । मृतकको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु, खुकुरी तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।
RNA HQ
05 July 2005