2005-07-04 - press release - NA२०६२-०३-२० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19177 अभिलेखालय सि. नं.: NCA-19177

आतंककारीहरुले गरेका ज्यादतीहरु

विगतमा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा आतंककारीसंग भएको भिडन्तमा वीरगति प्राप्त गरेका पांचथर जिल्लाको रानीटार तथा गोरखा जिल्लाको गोरखा बजार निवासी शाही नेपाली सेनाका जवानहरु राजकुमार नेम्वाङ्ग र दिलीप मुखियाको शवलाई सम्बन्धितको आफन्तहरुलाई दाहसंस्कार गर्न बुर्झाईएकोमा आतंककारीहरुले आफ्नो पराजित मानसिकताको पराकाष्ठा प्रदर्शन गर्दै सो शवलाई गाउँघरमा घुमाई १ दिनसम्म दाहसंस्कार दिएनन् ।

आफ्नो कुत्सित मनशाय पुरा गर्ने उद्देश्यले सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीका परिवारजनहरुको अपहरण गरी स्वतन्त्र र सम्मानपूवक जिवनयापन गर्न पाउने अधिकारलाई हनन गर्ने क्रममा आतंककारीहरुले गुल्मी जिल्ला पुर्कोट निवासी शाही नेपाली सेनामा कार्यरत जवानका दाजु टेक बहादुर जि.सी., भाइ र्सूय बहादुर जि.सी., भतिज ठाकुर जि.सी. र दीपेन्द्र जि.सी.लाई अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन । यसै गरी दाङ्ग जिल्ला सैघा निवासी सेनामा कार्यरत जवानका बाबु गोवर्धन राना मगरलाई समेत यही आषाढ ५ गते आतंककारीहरुले घरबाटै अपहरण गरी लगेको छन् ।

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्ने क्रममा आतंककारीहरुले यही आषाढ १७ गते दैलेख जिल्लाको नारायण नगरपालीका निवासी कृष्ण प्रसाद कोइराला र हिरालाल ढकाललाई आतंककारी गतिविधि प्रति असहमती जनाएको कारण दुवै जनालाई मरणासन्न हुने गरी कुटपिट गरी दायां खुट्टा समेत भांचिदिएका छन ।

RNA HQ
04 July 2005