2005-07-02 - press release - NA२०६२-०३-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19170 अभिलेखालय सि. नं.: NCA-19170

घुम्ति शिविर सञ्चालन

मिति २०६२ आषाढ १७ गते कन्चनपुर जिल्ला श्रीपुर्रर् इलाकामा सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा सञ्चालन भएको घुम्ति सेवा शिविरमा आएका ४ हजार स्थानीय व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन । उक्त कार्यक्रममा जिल्लाका विभिन्न निकायबाट प्रदान गरिएको सेवाहरुबाट स्थानीय ६ वटा विद्यालयलाई कर्कट पाता वितरण, २४ वटा विद्यालयलाई शैक्षिक सामाग्री वितरण, विभिन्न विद्यालयका ३० जना विद्यार्थीहरुलाई छात्रबृत्ति, १५० जनालाई नागरिकता, स्थानीय र्सवसाधारणहरुलाई १२०० मिटर पोलिथिन पाईप, ६६३ जना विरामीहरुको उपचार, ९७ चौपायाको उपचार, ८२१ जनालाई तरकारी तथा डालेघांसको विउ वितरण एवं विविध जन चेतना मुलक कार्यक्रम समेत प्रदान गरिएको थियो । सोही दिन हुम्ला जिल्लाको हिल्दुर्ङ्गर् इलाकामा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा आएका १३८ जना तथा मोरङ्ग जिल्लाको लेटार्ङ्गर् इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको १ दिने घुम्ति सेवा शिविरमा आएका स्थानीय बासिन्दाहरुलाई जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुबाट विविध सेवा सुविधाहरु समेत प्रदान गरिएको थियो ।

यसै गरी यही आषाढ १६ गते झापा जिल्लाको बनियानी इलाकामा शाही नेपाली सेनाको आन्तरिक श्रोतबाट औषधी तथा १५० बिद्यार्थीहरुलाई स्टेश्नरी सामानहरु वितरण गर्नुका साथै दैलेख जिल्लाको तोलीइ इलाकामा सञ्चालित घुम्ति स्वास्थ्य शिविरमा आएका ८९८ जना बिरामीहरुको उपचार तथा २६४० जनालाई कृषि एवं पशु सम्बन्धि सेवाहरु प्रदान गरिएको थियो ।

RNA HQ
02 July 2005