2005-07-01 - press release - NA२०६२-०३-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19163 अभिलेखालय सि. नं.: NCA-19163

आत्मर्समर्पण

विगतमा आतंककारी गतिविधिमा संलग्न रहँदै आएका मुगु जिल्ला पिना गा.वि.स.निवासी सान्तोष क्षेत्री "कसम" र खानीगांउ निवासी कथित गाउं जनसरकार सदस्य लालवीर शाही "जनप्रेमी" उपनाम गरेका व्यक्तिहरुले आतंककारीहरुले गर्ने गरेको हत्या, हिँसा तथा आतंकको दलदलबाट आफुहरुमा बितृष्णा पैदा भएको कारण सो समुह परित्याग गरी यही आषाढ १४ गते सुरक्षाफौज समक्ष आत्मर्समर्पण गरेका छन् ।

RNA HQ
01 July 2005