2005-06-30 - press release - NA२०६२-०३-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19154 अभिलेखालय सि. नं.: NCA-19154

घुम्ति शिविर सञ्चालन

सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा मिति २०६२ आषाढ १३ गते महोत्तरी जिल्लाको सहोदवार् इलाकामा सञ्चालन भएको घुम्ति शिविरमा आएका १३१ जनालाई जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण, जिल्ला स्वास्थ्य कार्यालयबाट १५० जनालाई स्वास्थ्य परिक्षण तथा औषधी वितरण, जिल्ला वन कार्यालयबाट विभिन्न बोट विरुवा तथा पर्चा, पम्प्लेटहरु वितरण, जिल्ला पशु सेवा कार्यालयबाट ११५ चौपायालाई स्वास्थ्य परिक्षण गरी औषधी वितरण गर्नुका साथै विविध जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिएको थियो ।

RNA HQ
30 June 2005