2005-06-30 - press release - NA२०६२-०३-१६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19151 अभिलेखालय सि. नं.: NCA-19151

सुरक्षाफौजको कारवाहीमा २ आतंककारीको मृत्यु

आज मिति २०६२ आषाढ १६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बाग्लुङ्ग जिल्लाको माझखर्कर् इलाकामा सुरक्षाफौजको कारवाहीबाट आतंककारी समुहका कथित कम्पनि सेक्सन कमाण्डर इतिहास पुन "पुष्कर" उपनाम गरेका १ आतंककारीको मृत्यु भएको छ ।

यसै गरी यही आषाढ १४ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा बर्दिया जिल्लाको औरर्ीर् इलाकामा नाम खुल्न नसकेका १ आतंककारीको लाश फेला परेको छ । मृतकहरुको साथमा रहेको ७.६२ हतियारका गोली थान-५०, सकेट बमहरु, बन्दोवस्तिका सामानहरु तथा आतंककारी दस्तावेज बरामद गरिएको छ ।

RNA HQ
30 June 2005