2005-06-30 - press release - CPN-M२०६२-०३-१६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20967 अभिलेखालय सि. नं.: NCA-20967

जनमुक्ति सेना, नेपाल
मध्य डिभिजन

प्रेस वक्तव्य

मध्ययुगीन निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी जनताको जनवादी राज्यसत्ता स्थापना गर्न सञ्चालित जनयुद्ध आफ्नो रणनैतिक प्रत्याक्रमणको (योजनाहरु) फौजी र गैरफौजी कार्वाहीहरु सानदार रुपमा समपन्न गर्दै विजय अभियानहरुको कीर्तिमान खडा गर्दै कथित शाही जल्लादहरुलाई हामो महान् एवम् गौरवशाली जनमुक्ति सेनाले एकपछि अर्काे भीषण मोर्चाहरुमा उनीहरुलाई पछार्दै उच्च श्रेष्ठता हासिल गर्दै आएको छ। मालेमावाद र प्रचण्डपथको वैचारिक आलोकमा आफ्नो स्वतन्त्रधारको रक्षा, प्रयोग र विकास गर्दै एक्काईसौं शताब्दीको जनमुक्ति सेनाको महान प्रस्तापनालाई आत्मसात् गरी यो कुरुप दुनियाँ बदली सम्पूर्ण शोषित उत्पीडित जनता तथा राष्ट्रको सेवामा सम्पूर्ण स्वार्थहरु त्यागि पवित्र उद्देश्यका साथ क्रान्तिमा आफ्नो रगत, पसिना र भौतिक शरिर अर्पित गर्दै आएको गौरवमय इतिहास बल्दो छ। यही बल्दो, रापिलो रक्तित इतिहास निर्माण गर्ने क्रममा हाम्रो जनमुक्ति सेनाले हालैका दिनहरुमा पार्टीको योजना अनुरुप देशैभरि भएका मोर्चाबद्ध युद्धहरुमा वर्गवैरीहरुका रक्षक शाही जल्लादहरुलाई ध्वस्त पार्दै आएको छ।

पूर्वी कमाण्डको काभ्रे र भोजपुर मोर्चा, पश्चिमको कैलाली आमफैया मोर्चा र मध्य कमाण्डको असार ११ गते अर्घाखाँची जिल्लाको खनदह मोर्चामा कथित रेञ्जर तथा शाही सुरक्षा फौजलाई नराम्ररी पराजित गरेको छ। उक्त मोर्चामा साहस र विवेकको उच्च सौर्य प्रयोग गरी विजय हासिल गर्ने जनमुक्ति सेनाका सम्पूर्ण कमाण्डर, सदस्य कमरेडहरुप्रति हार्दिक बधाई तथा सलामी अर्पण गर्दछु। साथै जनमुक्ति सेनालाई सहयोग पुर््याउनुहुने पार्टी नेतृत्व, कार्यकर्ता एवम् जनमुदायप्रति पनि हार्दिक आभार प्रकट गर्दछु।

१९ जना शाही जल्लादहरुको घटनास्थलमै मृत्यु भएको र ३० जना घाइते भएको सो मोर्चाबाट आठ थान इन्सास राइफल, पाँच थान थ्रीनटथ्री राइफल, एक थान टुइन्च मोर्चा, एक थान ब्राउनिङ माउजर, चार थान सटगन एवम् एसएलआर तथा हजारौं राउण्ड गोली कब्जा भएको जानकारी पनि गराउन चाहन्छु। साथै उक्त मोर्चाको कमाण्ड गर्न कमाण्डर ब्रिगेड भी.सी. क.ज्वार र बटालियन भी.सी क.जनक जनताका प्यारा छोराहरु तथा पार्टी र क्रान्तिका अग्रज तारा, जनमुक्ति सेनाको कुशल कमाण्डार तथा आदरणीय गुरु दुई जना होनहार कमरेडहरुको उच्च शहादत भएको छ भने अन्य पाँच जना घाइते भएको दुःखद कुरा पनि जानकारी गराउन चाहन्छु। उहाँहरुको शहादतले पार्टी र क्रान्तिमा पुग्न गएको अतुलनीय क्षतिलाई पूर्ति गर्न सि¨ो पार्टी र जनमुक्ति सेना तथा शहीद परिवार तथा आफन्तजनहरु हामी सबैले शोकलाई शक्तिमा बदली वर्गवैरीलाई निर्णायक प्रहार गर्न आवश्यक ठान्दछौं साथै शोकाकुल परिवार एवम् आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै वीर शहीद क.ज्वार र क.जनकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै लालसलाम टक्राउन चाहन्छु। धन्यवाद।

२०६२ असार १६ गते

पासाङ
कमाण्डर
जनमुक्ति सेना, नेपाल
मध्य डिभिजन