2005-06-27 - press release - CPN-M२०६२-०३-१३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-19132 अभिलेखालय सि. नं.: NCA-19132

जनमुक्ति सेना, नेपाल
मंगलसेन फस्ट ब्रिगेड

प्रेस वक्तव्य

नेपाली जनयुद्धबाट असफल हुँदै राजनैतिक रक्षाको अवस्थामा पुगेको पुरानो नोकरशाही ज्ञानेन्द्रको सामन्ती सत्ता वैदेशिक सहयोग विशेषतः अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहयोग र निर्देशनमा नेपाली जनतामाथि हत्या, हिंसा, बलात्कार र आगजनीहरुजस्ता जघन्य आपराधिक घटना घटाएर आफ्नो सैनिक अधिनायकवादी चरित्रको पर््रदर्शन गरिरहेको छ । यस अवस्थामा ने.क.पा.-(माओवादी)को नीति र योजनामा हाम्रा जनमुक्ति सेना, नेपालका योद्धाहरुबाट देशव्यापी रुपमा दुश्मनका कथित सुरक्षाफौजमाथि भीषण आक्रमण गरेर सानदार सफलता हासिल गरी आफ्नो शक्तिलाई अझै सुदृढ एवम् आक्रामक बनाउनुका साथै दुश्मनलाई अत्यन्तै रक्षात्मक बनाएर उसको क्याम्पभित्र कैद गराएको छ । आधारइलाकामा ठूल्ठूला मोर्चाबद्ध आक्रमणबाट दुश्मनलाई क्षतविक्षत र भागदौड बनाई भित्र पस्न नसक्ने बनाएको छ भने विस्तारमा व्यापक चलायमान कार्वाहीहरुबाट आफ्नो सैनिक शक्तिलाई सुदृढ र व्यापक बनाउनुको साथै आधारइलाकाको विस्तार एवम् शाही निरंकुशतन्त्रको विरुद्ध आमजनतालाई आन्दोलित गर्राई रहेको छ ।

नेपाली क्रान्तिमा लामबद्ध योद्धा र जनतामािथ नरसंहार गर्न अर्घखाँची जिल्लाको सन्धिखर्कबाट निस्केको कथित सुरक्षाफौजमाथि मंगलसेन फस्ट व्रिगेडको एसटीएफ बटालियनले यही असार ११ गते सोही जिल्लाको खन भन्ने स्थानमा आक्रमण गरी सान्दार सफलता हासिल गरी जनमुक्ति सेनाको उच्च सौर्य, साहस, वीरता र बलिदानको नया" उचाइ कायम गरेको छ । करिब सय जनाको संख्यामा आएको दुश्मनको यूनिफाइड कमाण्डको दस्तामाथि अत्यन्त आक्रामक र तीव्रताका साथ आक्रमण गर्दा दुश्मनको कमाण्डर लेफि्टनेन्टसहित १९ जना मरेका छन् भने तीस जनाभन्दा बढी घाइते भएका छन् । अन्यले आफ्नो हतियार र युद्धसामग्री छाडेर भागाभाग गरेका छन् । दुश्मनबाट पाँच थान इन्सास राइफल, पाँच थान थ्रीनटथ्री राइफल, एक थान टु इन्च मोर्टर्ाा एक थान ब्राउनिङ पिस्तोल, एक थान सट गनसहित डेढ दर्जन हतियार, हजारौं राउण्ड गोली, एलएक्सडब्लू र इन्सासका म्यागाजिन, संचार साधनसमेत जनशक्ति सेनाले कब्जा गरेको छ ।

उक्त आक्रमणमा सान्दार विजय हासिल गरी पार्टर्ीीीति र योजनालाई सफल पार्न रगतको मूल्य चुक्ता गर्दै आएको जनमुक्ति सेनाले यस आक्रमणमा पनि उच्च बलिदान गरेको छ । हाम्रो फस्ट व्रिगेडका सहायक कमाण्डर तथा सैन्य व्यूरो सदस्य क.ज्वार र एसटीएफ बटालियन सहायक कमाण्डर क.जनक गरी दर्ुइ जनाले उच्च शहादत प्राप्त गर्नुभएको छ भने सात जना कमरेडहरु घाइते हुनुभएको छ । कमाण्डर कमरेडको शहादतले हाम्रो व्रि्रेडलाई अपुरणीय क्षति पुर्‍याएको छ भने हाम्रो सिङ्गो पार्टर्ीीजनमुक्ति सेना, सत्ता र जनता साथै उहाँहरुको परिवारहरु समेतलाई शोकाकुल एवम् स्तब्ध बनाएको छ । महान् शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शहीदका परिवारजन र पार्टर्ीी जनसेना पंक्तिमा हार्दिक समवेदना प्रकट गर्दछु । घाइते कमरेडहरुको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै योजना सफलताका निमित्त पार्टर्ीीे नीति र निर्देशनलाई आत्मसात् गरी युद्ध मैदानमा जीवनमरणको लडाइ" लड्ने सहयोद्धाहरुप्रति हार्दिक बधाई व्यक्त गर्दछु ।

२०६२ असार १३

सुनिल
केन्द्रीय सदस्य (ने.क.पा.(माओवादी)
एवम्
कमिसार
मंगलसेन फस्ट ब्रिेगेड
मध्य डिभिजन