2005-06-26 - press release - NA२०६२-०३-१२ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19126 अभिलेखालय सि. नं.: NCA-19126

खारा र बन्दिपुर पछि बर्दियामा आतंककारीहरुको अर्को ठुलो हार

मिति २०६२ आषाढ १० गते राति बर्दिया जिल्लाको रम्भापुरस्थित सुरक्षा बेसमा आतंककारीहरुले विगतमा बर्दिया जिल्लाबाट लुटेको बारुण यन्त्रमा पानीको बदला मट्टतिेल प्रयोग गरी टाढैबाट मट्टतिेलको फोहोरा फ्याली आगो लगाउने तथा विभिन्न हतियारहरु प्रयोग गरी आक्रमण गरेर सुरक्षा वेशलाई ध्वस्त बनाउने कुनियतले एक हजार भन्दा बढिको संख्यामा १०/१२ वटा बसमा चढी आएका आतंककारीहरुको आक्रमणको दुष्प्रयासलाई उक्त बेस क्याम्पमा तैनाथ सुरक्षाफौजका जवानहरुले बहादुरीका साथ सशक्त प्रतिकार गरी पर्ूण्ारुपमा विफल तुल्याई दिएका छन ।

उक्त बेस क्याम्प आक्रमण गर्ने क्रममा आतंककारीहरुले आफ्नो कभरको लागि मुढेबल प्रयोग गर्न विगतमा विभिन्न स्थानबाट लुटेको ट्रकमा गिट्टी भरी बेस क्याम्प भित्र प्रवेश गर्ने दुष्साहस गर्नुको साथै विभिन्न किसिमका स्वचालीत हतियार लगायत विष्फोटक पदार्थहरुको समेत प्रयोग गरेका थिए ।

आतंककारीहरुको जस्तो सुकै आक्रमणको दुष्प्रयासलाई विफल तुल्याउदै आएका सुरक्षाफौजका जवानहरुले करिब १० घण्टासम्म अथक बहादुरीको नमुना प्रदर्शन गरी आतंककारी समुहलाई तितर वितर पारेका थिए । घटनास्थलमा हालसम्म ५ जना आतंककारीको लाश फेला परेता पनि प्रत्यक्षदर्शीहरु एवं घटनास्थलको प्रकृति तथा लाश घिसारिएका रगतका दागहरु हेदा दर्जनौ आतंककारीहरुको मृत्यु भएको हुनसक्ने बुझएिको छ । साथै एक सय भन्दा बढि र्घाईते आतंककारीहरुलाई २/३ वटा बसमा हालेर आतंककारीहरुले नै दक्षिणतर्फलगेको बुझिनुका साथै कतिपय मृतक आतंककारीहरुको लाश उनीहरुले नै खाल्डो खनी छुपाउ हुने गरी पुरेको अवस्थामा फेला परेको छ । घटनास्थल वरपरबाट सुरक्षाफौजले ३०० भन्दा बढी सकेट बमहरु, प्रशस्त बाल्टिन बम, पाईप बम, विष्फोटक पदार्थहरु, विभिन्न हतियारका पार्टपुजाहरु, खन्ने साधनहरु, बन्दोवस्तीका सामानहरुका साथै आतंककारी दस्तावेजहरु समेत बरामद गरेको छ ।

RNA HQ
26 June 2005