2005-06-25 - press release - NA२०६२-०३-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19123 अभिलेखालय सि. नं.: NCA-19123

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले कञ्चनपुर जिल्लाको सुडा गा.वि.स.स्थित एक विद्यालयको कक्षा ७ देखि १० सम्मका बिद्यार्थीहरुलाई यही आषाढ १० गते तथा डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकास्थित एक विद्यालयमा कार्यरत पूण् बहादुर श्रेष्ठलाई यही आषाढ ९ गते बिद्यालय परिसरबाटै अपहरण गरी अज्ञात स्थलतर्फलगेका छन् । यसैगरी यहि आषाढ ९ गते आतंककारीहरुले सिराहा जिल्लाको जानकी इलाका निवासी राप्रपा र्समर्थक गम्भिरमान श्रेष्ठ नाम गरेका एक व्यक्तिलाई निजको घरबाटै अपहरण गरी नजिकैको स्कूलमा लगी खुकुरी प्रहार गरी सक्त घाइते बनाएका छन् । हाल निजको लाहान अस्पतालमा उपचार भैरहेको छ । सोही दिन सुर्खेत जिल्लाको रत्नराजमार्ग इलाकास्थित एक वर्कसपमा काम गर्ने मिस्त्रीलाई पेस्तोल देखाई उक्त वर्कशपबाट मोटरर्साईकल लुटेर केहि पर लगी पेट्रोल र्छर्किएर आगो लगाई दिएका छन ।

RNA HQ
25 June 2005