2005-06-25 - press release - NA२०६२-०३-११ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19120 अभिलेखालय सि. नं.: NCA-19120

बर्दियाको रम्भापुर इलाकामामा दोहोरो भिडन्तः ४ आतंककारीको लाश बरामद

हिजो मिति २०६२ आषाढ १० गते राति बर्दिया जिल्लाको रम्भापुर बेश क्याम्पमा आक्रमण गर्न आएका सशस्त्र आतंककारीहरुको समुहलाई सुरक्षाफौजले सशक्त प्रतिकार गरी आक्रमणको दुश्प्रयासलाई विफल तुल्याई दिएको छ ।

प्रत्यक्षदर्शीहरु तथा घटनाको प्रकृति अनुसार सुरक्षाफौजको सशक्त कारवाहीबाट ठुलो संख्यामा आतंककारीहरु हताहत भएको र हताहत भएका आतंककारीहरुलाई निजहरुले साथमै लगेको बुझिएको छ । घटनास्थल वरपरबाट हालसम्म ४ जना आतंककारीको लाश फेला पर्नुका साथै विभिन्न हतियारका पार्ट पुजा तथा बिष्फोटक पदार्थहरु समेत बरामद गरेको छ ।

सो भिडन्तमा परी सुरक्षाफौजतर्फ१ जनाले वीरगति प्राप्त गरेका छन् । कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने जवानको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई धैय धारण गर्ने शक्ति प्रदान गरुन् भनि सुरक्षाफौज श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

RNA HQ
25 June 2005