Archive ref no: NCA-19111
सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु
हिजो मिति २०६२ आषाढ ९ गते नुवाकोट जिल्लाको फिकुरी इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सशस्त्र आतंककारी तथा सुरक्षाफौज बीच दोहोरो भिडन्त हुँदा सुरक्षाफौजको कारवाहीबाट रमेश कुमार लामिछाने "विवेक" उपनाम गरेका १ आतंककारीको मृत्यु भएको छ । मृतक आतंककारीको साथबाट सुरक्षाफौजले थ्री नट थ्री र्राईफल नाल-१, सो को गोलीहरु, डेटोनेटर गोटा-५, सकेट बमहरु तथा विविध बन्दोवस्तीका सामानहरु बरामद गरेको छ ।
RNA HQ
24 June 2005