2005-06-23 - press release - CPN-M२०६२-०३-०९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20969 अभिलेखालय सि. नं.: NCA-20969

जनमुक्ति सेना नेपाल
पूर्वी डिभिजन

प्रेस वक्तव्य

जनमुक्ति सेना नेपाल, पूर्वी डिभिजनद्वारा केही समयअघि सम्पन्न केन्द्रित कारवाही अपरेशन विके(चौहर्वा, मिर्चैया, वन्दीपुर, धारापानी)को भीषण आक्रमणपछि निरन्तरताको क्रममा जनमुक्ति सेनाका आक्रामक कारवाहीहरु अघि बढिरहेका छन्। अपरेशन विके(विशाल–कुमार)को क्रममा उच्च शहादत प्रँप्त गर्नु हुने महान् शहीद कमरेडहरु फ्यूजन, आकाश, रक्तिम र गहनको नाममा पूर्वी डिभिजन अन्तर्गतको एक फोर्सले यही असार ५ गतेदेखि अपरेशन फर्ज संचालन गरिरहेको जानकारी गराउन चाहान्छौ। खोटाङको सदरमुकाम दिक्तेलमा रहेका सामन्ती सत्ताका सुरक्षा क्याम्प, जेल र कार्यालयहरुमाथि एकैसाथ भिषण हमला गरेर शुरु भएको फर्ज अपरेशनकै क्रममा भोजपुरमा शाही सेनाको घेरावन्दीमा चलायमान र मोर्चावद्ध भीडन्त हुन पुगेको छ। अपरेशन फर्जका क्रममा भएका भीडन्तहरुको यथार्थ विवरण सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ।

(क). यही असार ५ गते राती खोटाङ सदरमुकाममा भएको हमलामा लक्ष्यका हिसावले कारागार पूर्ण कब्जा, बजार गस्ती पूर्ण कब्जा, सरकारी कार्यालयहरु ध्वस्त गर्दै शाही सेनाको गण, जिल्ला प्रशासन कार्यालय र वेसक्याम्प सेवोटेज गर्न पूर्ण सफलता हासिल भएको छ। दिक्तेलको उक्त कारबाहीबाट १ थान इन्सास, ३ थान एसएलआर, १२ थान थ्रीनट थ्री राइफल, १ माउजर सहित १७ थान हतियार, २१ सय गोली, १० ग्रीनेट र महŒवपूर्ण युद्ध सामाग्रीहरु कव्जा गरिएको छ भने १ शाही सेना र ८ प्रहरी गरी ९ जनालाई युद्धवन्दी वनाइएको छ। कारवाहीमा शाही सेना र प्रहरी गरी ८ जनाको मृत्यु हुनाका साथै दर्जनौ घाइते भएका छन्। जनमुक्ति सेनातर्फ प्लाटुन कमाण्डर कमरेड इमान (गंभीर घाइते भएकोमा पछि शहादत) र सेक्सन सहायक कमाण्डर कमरेड क.स्वस्तिकाले उच्च शहादत प्रँप्त गर्नु भएको छ भने ४ जना कमरेडहरु घाइते हुनुहुन्छ।

(ख). अपरेशन फर्जकै क्रममा यही असार ८ गते दिउसो ११ वजेदेखि १२.३०सम्म भोजपुरको पाल्धारेमा शाही सेना र प्रहरीको जथ्थासंग भिषण भीडन्त भएको छ। उक्त भीडन्तमा एलएसडब्लु १ थान, इन्सास राइफल १३ थान, एसएलआर ६ थान, थ्रीनटथ्री ४ थान, पेष्तोल १ थान गरी जम्मा २५ थान हतियार तथा नाइटभिजन १ थान, वुलेट साढे ८ हजार राउण्ड कब्जा भएको छ। कारवाहीको क्रममा ७ शाही सेना तथा ५ प्रहरी गरी १२ जनालाई युद्धवन्दीको रुपमा जनहिरासतमा राखिएको छ भने हाम्रँे कब्जामा आएका ३ जना घाइते सेनाहरुलाई प्रारम्भिक उपचारपछि स्थानीय शिक्षक र जनताको रोहवरमा मुक्त गरिएको छ। यो भीडन्तमा शाही सेना र प्रहरी गरी ८ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। हाम्रँे तर्फ कम्पनी सहायक कमाण्डर क.संग्राम, क.अग्नी, प्लाटुन सहायक कमाण्डर क.दावा, सेक्सन कमाण्डर क.प्रकाश, सेक्सन सहायक कमाण्डर क.अनिता, प्रवाह, एफजीएल क.प्रणाम र सदस्य कमरेड कुन्साङले उच्च शहादत प्रँप्त गर्नु भएको छ। त्यसैगरी करिव एकदर्जन कमरेडहरु घाइते हुनु भएको छ।

(ग). अपरेशन फर्जको कारवाहीमा हालसम्म प्रँप्त जम्मा उपलब्धिमा एलएसडब्लु १ थान, इन्सास राइफल १४ थान, एसएलआर ९ थान, थ्रीनट थ्री १६ थान, पेष्तोल २ गरी ४१ नाल हतियारका साथमा नाइटभिजन, साढे दशहजार राउण्ड गोलीसहित भारी मात्रामा वन्दोवस्तीका सामानहरु कब्जा भएको छ। कारवाहीमा ८ जना सेना र १२ प्रहरी गरी २० जनालाई युद्धवन्दी वनाइएको छ भने पुरानो सत्ताको कारागारमा रहेका ५४ जना वन्दीलाई मुक्त गराइएको छ। त्यसैगरी सेना र प्रहरी गरी १६ जना दुशमनको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। जनमुक्ति सेना तर्फ १० जनाले उच्च शहादत प्रँप्त गर्नु भएको छ भने एक दर्जन्भन्दा बढी घाइते हुनु भएको छ।

(घ). अन्त्यमा अपरेशन फर्जको क्रममा उच्च शहादत प्रँप्त गर्ने महान् योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजन एवं सहयोद्धाहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै अग्रीम मोर्चामा लडने क्रममा घाइते हुनुभएका सवै घाइते कमरेडहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। महान् योद्धाहरुको शहादतको यो शोकलाई शक्तिमा वदलेर युद्धमोर्चामा निरन्तर अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौ। क्रान्तिकारी अभिवादन सहित।

०६२ असार ९ गते

क.राजेश
कमाण्डर, अपरेशन फर्ज एवं
सहायक कमाण्डर, पूर्वी डिभिजन
जनमुक्ति सेना नेपाल