2005-06-22 - press release - NA२०६२-०३-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19105 अभिलेखालय सि. नं.: NCA-19105

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न ज्यादती गरी आफ्नो कायरता पर््रदर्शन गर्दै आएका आतंककारीहरुले यही आषाढ ७ गते कञ्चनपुर जिल्लाको बाबास्थान दोधार्रर् इलाकामा अन्तराम भट्टर्राई नाम गरेका एक व्यक्तिलाई शरिरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेका छन् । यसै गरी सोही दिन उक्त जिल्लाकै चाँदनी इलाका निवासी अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक गजेन्द्र बहादुर चन्दलाई आतंककारीहरुले अपहरण गरी अज्ञातस्थलतर्फ लगेका छन ।

आतंक मच्चाउने क्रममा यहि आषाढ ७ गतेनै आतंककारीहरुले नुवाकोट जिल्ला महाकाली गा.वि.स.स्थित जोब्राङ्ग गुम्बामा लगाएको जस्तापाताहरु उप्काएर लगेका छन् । साथै यही आषाढ ५ गते पर्वत जिल्लाको रानीपानी इलाकास्थित स्थानीय वासिन्दाले दैनिक उपभोग गर्दै आएको खानेपानीको पाईप, घरगोठमा लगाएको जस्तापाता लगायतका अन्य सामग्रीहरु समेत लुट्का छन् । यसै गरी डोल्पा जिल्लाको सदरमुकामबाट १ किलोमिटर टाढा रहेको स्थानीय र्सवसाधारणहरुले प्रयोग गर्दै आएको खानेपानीको ट्यांकीमा समेत आतंककारीहरुले बम विष्फोट गर्राई क्षति पुर्‍याएका छन ।

र्सवसाधारण गरिव तथा असहाय व्यक्तिहरुले आफ्ना छोरा छोरीहरुलाई अनेकन दुखकष्ट गरेर भए पनि शिक्षा हासिल गर्न बिद्यालय पठाएका अबोध वालवालिकाहरुको पढन पाउने आफ्नो नैर्सर्गिक अधिकारलाई कुण्ठीत तुल्याउने क्रममा आतंककारीहरुले मकवानपुर जिल्लाको सिस्नेरी, कुलेखानी, खेत, सुलिकोट तथा छाप पोखरिया इलाकास्थित स्कूलहरुमा मिति २०६२ जेष्ठ २७ गतेबाट विभिन्न डर, त्रास एवं धम्की देखाई जवर्जस्ती बन्द गराएर बालवालिकाहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित गराउने दुश्साहश गरेका छन् ।

RNA HQ
22 June 2005