2005-06-21 - press release - NA२०६२-०३-०७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19095 अभिलेखालय सि. नं.: NCA-19095

खोटाङ्गको सदरमुकाम दिक्तेलको घटनाको सम्वन्धमा थप विवरण

मिति २०६२ आषाढ ५ गते राति खोटाङ्ग जिल्लाको सदरमुकाम आक्रमण गर्ने दुश्प्रयासले आएका आतंककारी तथा सुरक्षाफौज बीच भएको दोहोरो भिडन्तको क्रममा सुरक्षाफौजको सशक्त कारवाहीबाट मृत्यु भएका २५ जना आतंककारीहरुको लाश आतंककारीहरुले डोकोमा बोकेर लगेको तथा र्घाईते भएका करिब ५० जना आतंककारीहरुलाई समेत सोही जिल्लाको दोर्पा इलाका तर्फ लगेको भन्ने कुरा प्रत्यक्षदर्शीहरुका अनुसार बुझिन आएको छ ।

RNA HQ
21 June 2005