2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19092 अभिलेखालय सि. नं.: NCA-19092

शान्ति सेना टोली हाइटी प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा हाइटी MINUSTAH (United Nation Stabilization Mission in Haiti) मा शान्ति स्थापनार्थ जाने श्री सबुज गण शान्ति सेना) दोस्रो डफ्फाको तेश्रो टोली आज अपरान्ह त्यर्सतर्फ प्रस्थान गर्‍यो । आजै उक्त टोलीहरुलाई गौचरस्थित व्यारेकमा सम्भाररथी उपरथी श्री प्रकाश बहादुर बस्न्यातले एक समारोहका बीच हार्दिक विदाई गर्नु भयो । सेनानी श्री सहदेव थापाको नेतृत्वमा हाइटी गएको उक्त टोलीमा अधिकृत-४, पदिक-१८ तथा अन्य दर्जा-१७४ गरी जम्मा १९६ जना सम्मिलित रहेका छन् । उक्त विदाई समारोहमा शाही नेपाली सेनाका अधिकृतहरु तथा शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
20 June 2005