2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19088 अभिलेखालय सि. नं.: NCA-19088

आतंककारीहरुको आक्रमणको प्रयास बिफलः ३ आतंककारीको मृत्यु

हिजो मिति २०६२ आषाढ ५ गते राति करिब सवा ११ बजे खोटाङ्ग जिल्लाको सदरमुकाम आक्रमण गर्ने दुश्प्रयासले चारैतिरबाट आएका आतंककारीहरुको एक जत्थालाई सुरक्षाफौजले सशक्त प्रतिकार गरी आक्रमणको दुश्प्रयासलाई बिफल तुल्याई दिएको छ ।

उक्त भिडन्त पश्चात घटनास्थल वरपर सुरक्षाफौजले खोजतलासको कारवाही गर्दा हालसम्म ३ जना आतंककारीहरुको लाश फेला पारेको छ । सुरक्षाफौजको सशक्त प्रतिकारबाट तितरवितर भई भागेका आतंककारीहरुले भाग्ने क्रममा उक्त जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला अदालत तथा जिल्ला कारागारमा आगजनी गर्राई क्षती पुर्‍याएका छन् । हाल उक्तर् इलाकामा सुरक्षाफौजले खोजतलासको कारवाही जारी राखेको छ ।

उक्त घटनामा परी सुरक्षाफौजतर्फ नेपाल प्रहरीका ३ तथा सशस्त्र प्रहरीका २ जवानले वीरगति प्राप्त गरेका छन् । कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर जवानहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति धैयधारण गर्ने शक्ति प्रदान गरुन भनि सुरक्षाफौज श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।

RNA HQ
20 June 2005