2005-06-20 - press release - NA२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19086 अभिलेखालय सि. नं.: NCA-19086

आतंककारीहरुद्वारा सेनामा कार्यरत व्यक्तिका पिताको निर्मम हत्या

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुलाई ज्यादतीपूण् तरिकाले हत्या, हिँसा,लुटपाट तथा अपहरण गर्ने जस्ता कुकृत्यलाई आतंककारीहरुले त्रि्र पार्दै आएका छन् । यसै क्रममा हिजो मिति २०६२ आषाढ ५ गते राति सवा ११ बजे मकवानपुर जिल्लाको चुरियामाई गा.वि.स.स्थित मयुरछापर् इलाकामा १०/१२ जनाको संख्यामा आएका सशस्त्र आतंककारीहरुको एक समुहले शाही नेपाली सेनामा कार्यरत एक सैनिक जवानका ५१ बषिर्य बुवा मिन बहादुर थपलीया र आमा लक्ष्मी थपलीयालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा जवरजस्ती ढोका फुटाएर घर भित्र पसी मिन बहादुर थपलीयालाई तेरो छोरा कहाँ छ भनि कुटपिट गरी अन्तमा छातीमा गोली प्रहार गरी निर्मम हत्या गरेका छन् । साथै आतंककारीहरुको गोली प्रहारबाट निज सैनिक जवानकी आमा लक्ष्मी थपलीया सख्त र्घाईते भएकी छन् । र्घाईतेलाई आज उपचारको लागि छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याई पुर्‍याईएको छ ।

RNA HQ
20 June 2005