Archive ref no: NCA-19085
शाही नेपाली सेनाबाट खाने पानी वितरण
खानेपानीको अभाव भईरहेको हालको स्थितीमा काठमाण्डौ जिल्लास्थित सानो गौचरण, नक्शाल भगवती, नरदेवी लगायतका विभिन्न इलाका निवासी र्सवसाधारण व्यक्तिहरुलाई आज शाही नेपाली सेनाको पानी ट्यांकरहरुद्वारा खाने पानी वितरण गरिएको छ । आज वितरण गरिएको उक्त खानेपानीबाट करिब २,८०० घर परिवारहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।
RNA HQ
20 June 2005