2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19056 अभिलेखालय सि. नं.: NCA-19056

आतंककारी समुहले गरेका ज्यादतीहरु

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुमाथि विभिन्न आतंक मच्चाई आफ्नो कायरता प्रदर्शन गर्दै आएका आतंककारीहरुले मिति २०६२ जेष्ठ ३० गते दाङ्ग जिल्लाको गढवार् इलाका निवासी पूव राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य टेक बहादुर बुढाथोकी तथा सोहि दिन मोरङ्ग जिल्लाको सिजुवा इलाका निवासी ध्रुब नारायण ताजपुरिया नाम गरेका व्यक्तिहरुलाई अपहरण पश्चात निर्मम हत्या गरेका छन् ।

आतंक मच्चाउने क्रममा आतंककारीहरुले गत जेष्ठ २९ गते जाजरकोट जिल्लाबाट कर्ण्र् ााहादुर शाही र बिर्ख बहादुर कार्की नाम गरेका २ र्सवसाधारण व्यक्ति तथा दैलेख जिल्लाको तोली गा.वि.स.स्थित भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई अपहरण गरी अज्ञातस्थल तर्फलगेकाछन् ।

आतंककारीहरुले अस्ति जेष्ठ ३० गते सल्यान जिल्ला खलंगा गा.वि.स. स्थित एक माध्यमिक विद्यालयमा आगो लगाई विद्यालयलाई क्षती पुर्‍याएका छन् ।

RNA HQ
15 June 2005