2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19055 अभिलेखालय सि. नं.: NCA-19055

सुरक्षाफौजको पछिल्लो कारवाहीमा २ आतंककारीको मृत्यु

हिजो जेष्ठ ३१ गते सिराहा जिल्लाको बरियारपट्टी इलाकामा सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा सुरक्षाफौजको कारवाहीबाट आतंककारी समुहसंग आवद्ध तर्राई जनतान्त्रिक मुक्ती मोर्चाका कथित केन्द्रिय नेता देवनारायण यादव नाम गरेका १ आतंककारीको मृत्यु भएको छ ।

यसै गरी सोही दिन पाल्पा जिल्लाको गोठादी इलाकामा समेत सुरक्षाफौजको कारवाहीबाट कमला नेपाली "अस्मिता" उपनाम गरेकी १ आतंककारीको मृत्यु भएको छ । मृतकहरुको साथबाट सुरक्षाफौजले पेस्तोल नाल-१, सो को गोलीहरु, सकेट बमहरु तथा आतंककारी दस्तावेज बरामद गरेको छ ।

RNA HQ
15 June 2005