2005-06-15 - press release - NA२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19054 अभिलेखालय सि. नं.: NCA-19054

आतंककारीहरुले गरेको कुकृत्यको भर्त्सना

आतंककारीहरुले हिजो जेष्ठ ३१ गते कैलाली जिल्लाको वनवेहडार् इलाकामा डेरा गरी बसेका सशस्त्र प्रहरी वलमा कार्यरत जवानहरुका १ बषिर्य छोरा दीपेन्द्र शाह सहितका ६ जना महिला तथा पुरुष आफन्तहरुलाई डेरामा बसिरहेको अवस्थामा अपहरण गरी सोही जिल्लाको कुचैनी खोलामा लगी धारिलो हतियारले काटेर तथा घोचेर निर्ममतापुवक विभत्स हत्या गरी आफ्नो दानवीय चरित्रलाई उदाङ्गो पारेका छन् ।

आतंककारीहरुद्वारा गरिएको यस्तो कायरतापूण् कुकृत्यको शाही नेपाली सेना लगायत सम्पूण् सुरक्षाफौज घोर भर्त्सना गर्दछ । साथै सुरक्षाफौज आतंककारीहरुको यस्ता कायरतापूण् कार्यबाट कति पनि बिचलित नभई आतंकवादलाई निर्मूल पार्ने काममा अझ दृढ संकल्प सहित अगाडी बढ्नेछ । सुरक्षाफौजले कहिल्यै पनि बदलाको भावना नलिई अगाडी बढेको कुरा स्मरण गराउँदै सुरक्षाफौज त्यस्ता कायतापूण कुकृत्यहरु गर्ने आतंककारीहरुलाई न्यायको कठघरामा ल्याउने प्रण गर्दै पुनः एकपटक उक्त कायतापूण् घटनाको घोर भर्त्सना गर्दछ ।

साथै हिजो जेष्ठ ३० गते राति १० बजे बारा जिल्लाको सिमरौनगढ गा.वि.स.स्थित कनकपुर्र इलाकामा स्थानीय एक व्यक्तिको विवाहको उपलक्ष्यमा आयोजित भोजमा आतंककारीहरुले सकेट बम प्रहार गरी ८ जना र्सवसाधारण व्यक्तिहरुलाई सख्त र्घाईते बनाएका छन् । र्सवसाधारण नेपाली जनताहरुले खुशीयाली मनाएको देख्न नचाहने आतंककारीहरुको उक्त कुकृत्यको समेत सुरक्षाफौज घोर भर्त्सना गर्दछ ।

RNA HQ
15 June 2005