2005-06-15 - press release - INSEC२०६२-०३-०१ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19052 अभिलेखालय सि. नं.: NCA-19052

प्रेस विज्ञप्ति

०६२ असार १ गते

प्रेस विज्ञप्ति

कैलाली घटनाका सम्बन्धमा इन्सेकको दोश्रो प्रेस विज्ञप्ति

कैलाली जिल्लामा सुरक्षाकर्मी परिवारका एक दूधेबालकसहित छ जनाको हत्याका सम्बन्धमा आज अपरान्ह नेकपा (माओवादी)ले एक प्रेस वक्तव्य जारी गरी घटनाको जिम्मेवारी नलिने जनाएपछि इन्सेकका तर्फाट यो दोश्रो प्रेस विज्ञप्ति जारी गरिएको छ। माओवादीले उक्त घटनामा आफ्नो पार्टीको हात रहेको "आरोपको कडा प्रतिवाद गर्दछौं" भन्ने जनाएपछि घटनाक्रमले नयाँ मोड लिएको छ। तर, माओवादीको जनमुक्ति सेना, नेपालको पश्चिम डिभिजन कार्यालयका प्रभाकरका तर्फबाट जारी गरिएको उक्त वक्तव्यका आधारमा मात्र त्यस घटनाका सम्बन्धमा माओवादी पार्टीले उन्मुक्ति पाउने अवस्था भने छैन। यस घटनाका सम्बन्धमा मानवअधिकार समुदायले गहन छानबिन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ। घटना रहस्यमय बन्नसक्ने यस क्षणमा हामी संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको नेपालस्थित कार्यालयलाई छानबिनका निम्ति तत्काल अग्रसर हुन हार्दिक अनुरोध गर्दछौं।

कारक जुनसुकै तत्व भए पनि उक्त घटना मानवताविरुद्धको कलंक भएको कुरामा हामी पुनः जोड दिँदै घटनाको भर्त्सना गर्दछौं। साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

हामी जोडदार माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष