2005-06-14 - press release - NA२०६२-०२-३१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19049 अभिलेखालय सि. नं.: NCA-19049

शान्ति सेना टोली हाइटी प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा हाइटी MINUSTAH (United Nation Stabilization Mission in Haiti) मा शान्ति स्थापनार्थ जाने श्री सबुज गण शान्ति सेना) दोस्रो डफ्फाको पहिलो टोली हिजो राती त्यर्सतर्फ प्रस्थान गर्‍यो । हिजै उक्त टोलीहरुलाई गौचरस्थित व्यारेकमा बलाधिकृत रथी श्री रुकमाङ्गद कटवालले एक समारोहका बीच हार्दिक विदाई गर्नु भयो । प्रमुख सेनानी श्री गणेश बहादुर कार्कीको नेतृत्वमा हाईटी गएको उक्त टोलीमा अधिकृत-१२, पदिक-३१ तथा अन्य दर्जा-१२७ गरी जम्मा १७० जना सम्मिलित रहेका छन् । उक्त विदाई समारोहमा शाही नेपाली सेनाका अधिकृतहरु तथा शान्ति सेनामा भाग लिन जाने सैनिकका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो ।

RNA HQ
14 June 2005