Archive ref no: NCA-19036
काभ्रेको र्घर्तिछाप इलाकामा दोहोरो भिडन्तः ६ आतंककारीको लाश बरामद
आज मिति २०६२ जेष्ठ ३० गते बिहान ०८१५ बजे काभ्रेपलाञ्चोक जिल्लाको र्घर्तिछाप इलाकामा शसस्त्र आतंकारी तथा सुरक्षाफौजबीच दोहोरो भिडन्त भएको छ ।
उक्त भिडन्त पश्चात घटनास्थल वरपर सुरक्षाफौजले खोजतलासको कारवाही गर्दा हालसम्म ६ जना आतंककारीको लाश बरामद गरेको छ । साथै उक्तर् इलाकाबाट आतंककारीहरुले प्रयोग गरेको एस.एल.आर. राइफल नाल-१, थ्रि नट थ्रि राइफल नाल-१, सकेट बम-२०० तथा ८ बोरा चामल समेत सुरक्षाफौजले बरामद गरेको छ । हाल घटनास्थलमा सुरक्षाफौजको खोजतलासको कारवाही जारी रहेको छ ।
उक्त घटनामा परी सुरक्षाफौजतर्फशाही नेपाली सेनाका ६ र नेपाल प्रहरीका २ जना गरी जम्मा ८ जनाले वीरगति प्राप्त गरेका छन् । कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने वीर जवानहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैयधारण गर्ने शक्ति प्रदान गरुन् भनि सुरक्षाफौज श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।
RNA HQ
13 June 2005