2005-06-11 - press release - NA२०६२-०२-२८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19029 अभिलेखालय सि. नं.: NCA-19029

आतंककारी समुहले गरेको ज्यादती

र्सवसाधारण निर्दोष तथा निहत्था व्यक्तिहरुलाई कायरतापुवक हत्या,अपहरण जस्ता विभिन्न घृणित कुकृत्य गर्दै आएका आतंककारीहरुले यही जेष्ठ २६ गते सिराहा जिल्ला बलही इलाका निवासी विसुनदेव महतो तथा सोही जिल्लाको फुल्काकट्ट ईलाका निवासी देवनाथ यादव नाम गरेका सडक निर्माण सम्वन्धी ज्यामी काम गर्ने व्यक्तिहरुलाई सडकमा काम गरिरहेको अवस्थामा अपहरण गरेको र विसुनदेव महतोलाई सोही जिल्लाको कविलाशर् इलाकामा लगी घाँटी रेटी विभत्स हत्या गरेका छन । यसैगरी सोही दिन दाङ्ग जिल्लाको एक बिद्यालयमा आतंककारीले बम विष्फोटन गर्राई सो बिद्यालयलाई क्षति पुर्‍याएका छन् ।

RNA HQ
11 June 2005