2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19020 अभिलेखालय सि. नं.: NCA-19020

घुम्ति शिविर सञ्चालन

मिति २०६२ जेष्ठ २४ गते बझाङ्ग जिल्लाको कोटदेवल गा.बि.स.मा सुरक्षाफौजद्वारा सञ्चालित घुम्ति सेवा शिविरबाट स्थानीय ४०० जना व्यक्तिहरु प्रत्यक्ष लाभान्वित भएका छन् । यसै गरी यही जेष्ठ १९ गतेबाट २१ गतेसम्म सुरक्षाफौजको प्रत्यक्ष निगरानीमा मनाङ्ग जिल्ला स्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला कृषि विकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालय लगायत विभिन्न निकायहरुबाट नागरिकता एवं राहदानी वितरण, ३५९ जना स्थानीय बासिन्दाहरुलाई स्वास्थ्य उपचार, ८७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति, स्थानीय कृषकहरुलाई विभिन्न विउ विजन, विषादी एवं कृषि सम्वन्धी परामर्श दिइनुको साथै २६० चौपायाहरुको लागि निःशुल्क औषधी वितरण गरी उन्नत पशुपालन सम्बन्धी जानकारी गर्राई महिला जागृति तथा आय आर्जनका बिषयमा परामर्श सेवा समेत उपलब्ध गराइएको थियो ।

RNA HQ
09 June 2005