2005-06-09 - press release - NA२०६२-०२-२६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19013 अभिलेखालय सि. नं.: NCA-19013

सुरक्षाफौजको कारवाहीमा १ आतंककारीको मृत्यु

आज मिति २०६२ जेष्ठ २६ गते सुरक्षाफौजले सञ्चालन गरेको खोजतलासको कारवाहीको क्रममा ताप्लेजुङ्ग जिल्लाको सुरुङ्गखिम इलाकामा गस्तिमा रहेको सुरक्षाफौजलाई लक्षित गरी सकेट बम प्रहार गर्ने आतंककारी विरुद्ध सुरक्षाफौजले गरेको प्रतिकारात्मक कारवाहीबाट आतंककारी समुहका कथित एरिया छापामार कमाण्डर माईला तामाङ्ग "मुस्कान" उपनाम गरेका एक आतंककारीको मृत्यु भएको छ । साथै उक्तर् इलाकाबाट सुरक्षाफौजले कथित छापामार बुधमाया लिम्बु "पर्सा केरिसा दहाल नाम गरेका २ आतंककारीलाई समेत नियन्त्रणमा लिएको छ । सोर् इलाकाबाट आतंककारीले प्रयोग गरेको बन्दुक नाल-१, सकेट बम ४, कुकर बम, पाईप बम, टेलिभिजन, क्यामरा तथा आतंककारी दस्तावेजहरु बरामद गरेको छ ।

RNA HQ
09 June 2005